काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले महिला टी-२० विश्वकपमना १६ देशलाई समावेश गर्ने निर्णय गरेको छ ।
आइसीसीको बोर्ड बैठकले २०३० मा हुने टी- २० विश्वकपमा १६ देशले भाग लिन पाउने निर्णय गरेको हो ।
अहिले महिला टी- २० विश्वकपमा १२ देशले भाग लिदै आएका छन् । यस अघि २००९ मा पहिलो महिला टी- २० विश्वकपमा ८ देशले भाग लिएका थिए भने २०१६ मा बढाएर १० देशले भाग लिएका थिए । त्यस्तै २०२६ मा इङल्याण्डमा हुने महिला टी- २० विश्वकपमा १२ देशले भाग लिने छन् ।
त्यस्तै आइसीसीले २०२६ को टी- २० विश्वकप छनौटको कट- अफ डेट २०२४ को अक्टोबर ३१ लाई तोकेको छ ।