सौर्य एयर विमान दुर्घटनाः पाँच जनाको शव आफन्तले बुझे



काठमाडौं । सौर्य एयरलाइन्सको विमान दुर्घटनामा निधन भएकाहरुको शव आफन्तलाई बुझाउन थालिएको छ । आज (शुक्रबार) मृतकका परिवारहरुले त्रिवि शिक्षण अस्पताल परिसरबाट शव बुझेका छन् ।

विमान दुर्घटनामा निधन भएकाहरुमध्ये आज को पाइलट सुशान्त कटुवाल, उद्धव पुरी, राजाराम आचार्य, अश्मिन निरौला, श्याम विन्दुकरको शव आफन्तले बुझेका छन् ।


काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा दुर्घटना हुँदा १८ जनाको निधन भएको थियो ।