सुनको मूल्यमा सामान्य वृद्धि



काठमाडौं। आज नेपाली बजारमा आज पनि सुनको मूल्य सामान्य बढेको छ भने चाँदीको मूल्य भने घटेको छ।

सोमबार सुन तोलाको एक सयले बढेर एक लाख ४६ हजार ३ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।


यस अघि आइतबार सुनको मूल्य तोलाको १ लाख ४६ हजार २ सय रहेको थियो। त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४५ हजार ६ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै आज चाँदीको मूल्य भने घटेको छ। चाँदी आज प्रतितोला २० रुपैयाँ घटेर तोलाको १७९० मा कारोबार भइरहेको महासंघले जनाएको छ।