सडक भास्सिएपछि सिद्वार्थ राजमार्ग अबरुद्ध



स्याङ्जा । सिद्वार्थ राजमार्गअन्तर्गत स्याङजाको गल्याङ नगरपालिका–११ तुल्सिभन्ञ्याङमा र गल्याङ३ गल्याङ बजार नजिकै दुई ठाउमा राजमार्ग भासिदा सयौं सवारीसाधन बाटैमा रोकियका छन् ।

शुक्रवार बिहानदेखि अबिरल वर्षा नरोकिएपछि आज बिहान सडक भासिएको गल्याङ प्रहरीले जनएको छ । आँधिखोला किनार छेउवाटै जमिन धस्सिएकाले उद्वारमा समस्या भईरहेको छ ।


गल्याङ नगरपालिका र प्रहरी एकातर्फ भएपनि बाटो खुलाउने प्रयासमा छ, तर लगातारको बर्षाले समस्या भईरहेको प्रहरीले जनाएको छ ।