श्रीलङ्काद्वारा पानी सुरक्षा परियोजनाका लागि ‘ओपेक कोष’ सँग सम्पर्कमा



श्रीलङ्काले ओपेक फन्ड फर इन्टरनेशनल डेभलपमेन्टसँग पानी सुरक्षा परियोजनाका लागि १० करोड अमेरिकी डलर सहयोगको लागि वार्ता गरेको राज्यमन्त्रीले बताए ।

अर्थ राज्यमन्त्री शेहान सेमासिङ्घेले सामाजिक सञ्जालमा लेख्दै महावेली जलसुरक्षा लगानी कार्यक्रमबारे अर्थ मन्त्रालयमा ओपेक फण्डका एसिया प्यासिफिक क्षेत्रीय प्रबन्धक युसुफ अल–मुलामसँग छलफल गरेको उल्लेख गरे ।


हाल एसियाली विकास बैङ्कको ३० करोड डलरभन्दा बढीको सुविधामा यो कार्यक्रम सञ्चालन भइरहेको र ओपेक फण्डले थप १० करोड डलर सहवित्त गर्न सहमत भएको छ ।

मोरगाहकाण्ड जलाशयबाट हुरुलु र महाकन्दारा जलाशयमा पानी पु¥याउन डिजाइन गरिएको यो आयोजना श्रीलङ्काको ऋणको पुनर्संरचना र सुधार कार्यक्रमको सफलताको प्रमाण हो, मन्त्रीले थपे ।