रास्वपाको केन्द्रीय समिति बैठक भोलि बस्ने



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको बैठक बोलाएको छ । बैठक बिहीबार बिहान ११ बजे केन्द्रीय कार्यालयमा बस्ने भएको हो ।

बैठकमा संगठनको आन्तरिक रणनीति, आगामी कार्यक्रम र कार्यदिशाबारे छलफल हुने कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए । उनका अनुसार बैठकमा पार्टीको अधिवेशनको तयारीबारे छलफल हुने छ ।