काठमाडौं । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा शिवराज अधिकारी नियुक्त भएका छन्।
बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले अधिकारीलाई उपाध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
त्रिविको अर्थशास्त्र विभाग प्रमुख रहेका अधिकारी प्रचण्ड नेतृत्वको अघिल्लो सरकारमा एमाले कोटाबाट ४ महिना सदस्य बनेका थिए । त्यस्तै मन्त्रिपरिषद्ले ७ जना सदस्य पनि नियुक्त गरेको छ । उनीहरुको नाम भने सार्वजनिक भएको छैन् ।