रामेछापमा जीप दुर्घटना हुँदा वृद्धाको मृत्यु, नौ जना घाइते



मन्थली (रामेछाप) । रामेछापको मन्थलीबाट मन्थली नगरपालिका–७ कल्लेरीतर्फ गइरहेको प्रदेश ३–०१–०२३ च ३९२९ नम्बरको जीप आज दुर्घटना हुँदा एक वृद्धाको मृत्यु भएको छ । उक्त दुर्घटनामा नौ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा ६२ वर्षीया माया विक रहेकी छिन् । घाइते सबैको मन्थली अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक प्रदीपकुमार सिंहले जानकारी दिए ।