यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर



काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ५५ पैसा र बिक्री दर १३४ रुपैयाँ १५ पैसा रहेको छ। युरो एकको खरिद दर १४५ रुपैयाँ ९८ पैसा र बिक्री दर १४६ रुपैयाँ ६४ पैसा रहेको छ।


त्यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १७३ रुपैयाँ ३७ पैसा र बिक्री दर १७४ रुपैयाँ १५ पैसा रहेको छ भने कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ६२ पैसा र बिक्री दर ३६ रुपैयाँ ७९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।