माओवादी संसदीय दलको बैठक बस्दै



काठमाडौं । नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठक बस्दैछ। बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आज दिउँसो २ बजे बस्न लागेको हो ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लिने विश्वासको मत लगायत पछिल्लो राजनीतिक अवस्थाको बारेमा छलफल हुने जनाइएको छ । माओवादी केन्द्रले आफ्ना सांसदहरुलाई समग्र राजनीतिक परिस्थितिको जानकारी गराउन पनि आजको बैठक डाकेको हो ।


नेकपा एमालेले माओवादीसँग गठबन्धन तोडेर सत्ताबाट बाहिरिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अल्पमतमा परेका छन्। उनले शुक्रबार विश्वासको मत लिँदैछन्।