महोत्तरीस्थित पूर्वपश्चिम राजमार्ग सञ्चालनमा



महोत्तरी । बाढीले कटान गर्दा अवरुद्ध महोत्तरीस्थित पूर्वपश्चिम राजमार्ग सञ्चालनमा आएको छ । महोत्तरीमा पर्ने बेलगाछी पुल पश्चिमतर्फ हिजो राति बाढीले कटान गरेपछि राजमार्ग अवरुद्ध भएकामा अहिले साँझ सडक मर्मत गरिएसँगै सञ्चालनमा आएको हो ।

सडक भत्किएपछि ३० किलोमिटर लामो वैकल्पिक बाटो हुँदै राजमार्गमा सवारी साधन सञ्चालन गर्नुपरेको थियो । सडक तत्काल मर्मतपछि एकतर्फि यातायात सञ्चालनमा आएको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए ।


मुख्य राजमार्गमा सडक बिग्रे वा भत्केमा तत्काल मर्मतका लागि सडक कार्यालयको समान्वयमा आवश्यक उपकरण र जनशक्ति सम्बद्ध तयारी अवस्थामा राखिएको प्रजिअ गेलालले बताए ।