भन्सार महसुल विधेयक राष्ट्रियसभाबाट सर्वसम्मतले पारित



काठमाडौँ । राष्ट्रियसभाले भन्सार महसुल विधेयक २०८१ सर्वसम्मतिले पारित गरेको छ । सोमवार बसेको राष्ट्रियसभा बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भन्सार महसुल विधेयक २०८१ लाई मुल रुपमै सुझाव बिना पारित गरी प्रतिनिधिसभामा पठाइयोस् भन्ने प्रश्ताव सर्वसम्मतिले पारित भएको हो ।

प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त आर्थिक विधेयक २०८१ लाई सुझावसहित पारित गरी प्रतिनिधिसभामा फिर्ता पठाएको हो । सरकारको तर्फबाट उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सभासमक्ष पेस गरेका थिए ।


प्रस्तावमाथि छलफल भइ अर्थमन्त्री पौडेलले जवाफ दिएसँगै राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले अर्थमन्त्री पौडेलले पारित गर्नका लागि प्रस्तुत गरेका सो प्रस्ताव सर्वसहमतिले पारित गरेको घोषणा गरे । राष्ट्रियसभाको अर्को बैठक साउन ४ गते सवा १ बजे बस्नेगरी स्थगित भएको छ ।