सङ्खुवासभा । लगातार पानी परेपछि अरुण नदिमा आएको बाढीले अरुण तेस्रो जलविद्युत आयोजनाको डाइभर्सन टनेल थुनिएको छ ।
मकालु गाउँपालिका ५ फ्याक्सिन्दामा निर्माणाधीन बाँध निर्माण क्षेत्रको टनेल थुनिदा अस्थायी बाँधमा पानी भरिएको छ । अहिले उक्त बाँधमा पानी भरिएर करिब ७ सय मिटरको ताल बनेको मकालु गाउँपालिका अध्यक्ष ओङ्दी छिरिङ भोटेले जानकारी दिए।
फ्याक्सिन्दामा बाँध निर्माणको लागि ४२९ मिटरको डाइभर्सन टनेल निर्माण गरिएको थियो । उक्त टनेल भित्र बाढीले बगाएर ल्याएको ढुङ्गा तथा काठको लकडीले थुनिएको हुनसक्ने अध्यक्ष शेर्पाले बताए ।
पानीलाई टनेल तर्फ पठाउनको लागि बनाइएको बाँध अहिले भरिने क्रममा रहेका अध्यक्ष शेर्पाले जानकारी दिए। उक्त बाँध भरिएपछि माथिबाट पानी बग्नेछ । बाँध भत्किए फ्याक्सिन्दा मुनीको तटीय क्षेत्रको बस्तीमा जोखिम रहेको उनले बताए।