बागमती, लुम्बिनी र कर्णालीका प्रदेश प्रमुख हेरफेर



काठमाडौं । सरकारले तीनवटा प्रदेशका प्रदेश प्रमुख हेरफेर गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बागमती, लुम्बिनी र कर्णालीका प्रदेश प्रमुखलाई हटाएर नयाँ प्रदेश प्रमुख नियुक्त गर्ने निर्णय गरेकाे हाे ।

एक मन्त्रीका अनुसार बागमतीमा दीपक देवकोटा, लुम्बिनीका कृष्णबहादुर घर्तीमगर र कर्णालीमा यज्ञराज जोशीलाई प्रदेश प्रमुखको रुपमा नियुक्त गरिएको छ ।


यसअघि माओवादी अध्यक्षत पुष्प कमल दाहाल नेतृत्वको सरकारले बागमतीमा यादव शर्मा, लुम्बिनीमा अमिक शेरचन र कर्णालीमा तिलक परियारलाई प्रदेश प्रमुखको रुपमा नियुक्त गरेको थियो ।