प्रचण्ड सरकारले प्राथमिक उपचारमात्रै गर्यो, चाहिएको शल्यक्रिया थियो: अब्दुल खान



काठमाडौं । जनमत पार्टीका नेता एवं पूर्वमन्त्री अब्दुल खानले देशलाई शल्यक्रिया गर्नुपर्ने अवस्थामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले प्राथमिक उपचारमात्रै गरेको टिप्पणी गरेका छन् ।

आज (शुक्रबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले देशको आवश्यकता हेरेर आफूहरुले अहिले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन नसक्ने बताए ।


जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले चार महिनाअघि नै दुई ठूला दल मिलेर देशलाई निकास दिनुस् भनी आग्रह गरेको स्मरण गराउँदै अहिले सो समय आएको बताए ।

‘प्रचण्ड सरकारले केही नगरेको होईन । प्राथमिक उपचार अवश्य नै गरकोे हो । तर, चाहिएको शल्यक्रिया गर्नुपर्ने हो । देशको आवश्यकता शल्यक्रिया गर्न सक्ने डा. हुनुपर्छ । हाम्रो पार्टी अध्यक्ष डा. सिके राउतजीले चार महिना पहिला यही रोस्टमबाट भन्नुभएको थियो– ठूला दल मिल्नुस् । आज त्यही समय आएको छ,’– उनले भने ।