पहिराले कान्तिलोकपथ अवरुद्ध



पाटन (ललितपुर) । अविरल वर्षात्का कारण पहिरो जाँदा कान्तिलोकपथमा आवागमन अवरुद्ध भएको छ । शुक्रबारदेखिको वर्षाले ललितपुरको बागमती गाउँपालिका–३ कार्कीबासमा पहिरो जाँदा सडक अवरुद्घ हुन पुगेको भट्टेडाँडा प्रहरीचौकीका प्रमुख उद्धव महतले जानकारी दिए ।

कान्तिलोकपथ आयोजनाका सूचना अधिकारी तथा इञ्जिनियर रविन्द्र महर्जनले दिनुभएको जानकारीअनुसार वर्षात्का कारण ‘फास्ट ट्रयाक’को माटो र लेदो पानीले बगाएर बगुवा पुलमा जम्मा भएको हुँदा आवतजावतमा समस्या छ ।


अविरल वर्षा जारी रहेको भए पनि ललितपुरको दक्षिणी भेगमा हालसम्म क्षति भएको प्रहरी प्रमुख महतले बताए । महाँकाल गाउँपालिकाका प्रमुख गणेश केसीले भने “अहिलेसम्म लेले चन्दनपुर मुख्य सडक बन्द भएको छैन ।”