न्याय सेवा आयोगले गर्‍यो २ सचिवको बढुवा, २ को सरुवा



काठमाडौं । सरकारले थप दुई जना सचिवको सरुवा गरेको छ भने कानुन समूहका दुई सहसचिव सचिवमा बढुवा गरेको छ ।

सहसचिव आलोकचन्द्र श्रेष्ठ सचिवमा बढुवा भई सत्य निरुपण तथा मेलमिलाप आयोगको सचिव बनेका छन् । सहसचिव परस्वर ढुंगाना नेपाल कानुन आयोगको सचिव बनेका छन् ।


न्याय सेवा आयोगको बैठकले कानुन सचिव फणिन्द्र गौतमलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरेको हो ।  लिलादेवी गड्तौला मुख्यसचिव बनेपछि प्रधानमन्त्री कार्यालयमा दरबन्दी रहेको कानुन समूहतर्फको सचिव पद रिक्त थियो ।

सत्य निरुपण तथा मेलमिलाप आयोगका सचिव उदयराज सापकोटालाई कानुन मन्त्रालयको सचिवको जिम्मेवारी तोकिएको छ ।

n