नवनियुक्त शिक्षामन्त्री भट्टराईले गरिन् पदभार ग्रहण



काठमाडौं । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले पदभार ग्रहण गरेकी छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएलगत्तै भट्टराईले सिंहदरबारमा पुगेर पदभार ग्रहण गरेकी हुन् ।


नेकपा एमालेका सांसद भट्टराई कास्की २ बाट प्रतिनिधि सभामा लगातार दोस्रोपटक निर्वाचित भएकी हुन् ।