नवनियुक्त उपप्रधान तथा अर्थमन्त्री पौडेलद्वारा पदभार ग्रहण



काठमाडौं । नवनियुक्त उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले पदभार ग्रहण गरेका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएलगत्तै पौडेलले सिंहदरबारमा पुगेर पदभार ग्रहण गरेका हुन् ।


पौडेलले नयाँ सरकारले शिथिल अर्थतन्त्रलाई चलायमान बनाउने बताएका छन् । टुटेको आत्मविश्वास हटाएर जनतामा नयाँ आशा भर्ने नयाँ सरकारको उद्देश्य रहेको उनले बताए ।

सोमवार अपरान्ह अर्थ मन्त्रालयमा कार्यभार सम्हाल्दै मन्त्री पौडेलले नागरिकमा आत्मविश्वास भर्नु सरकारको प्राथमिकता हुने बताएका हुन् ।

‘नयाँ सरकारले सन्देश दिएको छ, राजनीतिक स्थिरता हुने र शिथिल अर्थतन्त्रलाई चलायमान गराउने । मानिसको आत्मविश्वास टुटेको छ, नागरिकमा निराशा चिर्ने र आशा जगाउने काम सरकारले गर्नेछ,’ उनले भने ।