नयाँ बसपार्कमा २ महिनादेखि पार्किङ गरेर राखिएको बसभित्र युवकको शव भेटियो



काठमाडौँ । काठमाडौँको गोँगबुस्थित नयाँ बसपार्कमा एक युवकको शव फेला परेको छ।

काठमाडौँ महानगरपालिका–२६ नयाँ बसपार्कभित्र पार्किङ गरेर राखिएको बा २ ख २३४४ नम्बरको बसभित्र युवकको शव भेटिएको प्रहरीले जनाएको छ।


ती युवक सुनसरीको इटहरी उपमहानगरपालिका–१३ घर भएका ३७ वर्षीय प्रल्लाद अधिकारी रहेको प्रहरीले जनाएको छ ।

उक्त बस करिब दुई महिनादेखि पार्किङ गरेर राखेको पाइएको छ। युवकको मृत्युको कारण खुलेको छैन। शव मंगलबार साँझ भेटिएको हो।

शव पोस्टमार्टमका लागि अस्पताल पठाइएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरी परिसरले जनाएको छ ।