तोलामा २ हजार रुपैयाँले घट्यो सुनको मूल्य



काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । बिहीबार प्रतितोला १ लाख ४९ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज २ हजार रुपैयाँले घटेको हो । आज छापावाल सुन प्रतितोला १ लाख ४७ हजार ५ ०० रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुन प्रतितोला १ लाख ४६ हजार ९०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । त्यस्तैगरी आज चाँदीको मूल्य ३० रुपैयाँले घटेर प्रतितोला १ हजार ८३० रुपैयाँमा कारोबार भइरहेको छ ।