ताप्लेजुङमा भूकम्पको धक्का महशुस



काठमाडौं । ताप्लेजुङ केन्द्रविन्दु बनाएर भूकम्प गएको छ। मंगलबार राति १ बजेर ४६ मिनेटमा ताप्लेजुङको तापेथोक सेरोफेरो केन्द्रविन्दु भएर ४.४ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

भूकम्पको धक्का छिमेकी जिल्लाहरुमा समेत महशुस गरिएको छ। यसअघि असार १४ गते सिन्धुपाल्चोकको हेलम्बु आसपास केन्द्रविन्दु बनाएर ४।२ म्याग्निच्यूडको भूकम्प गएको थियो।