एमालेले टुंग्यायो ८ मन्त्रीको नाम (सूचीसहित)



काठमाडौं । नेकपा एमालेले सरकारमा सहभागी हुने आफ्ना मन्त्रीहरुको नाम टुंगो लगाएको छ ।

एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली निवास बालकोटमा गएराति बसेको शीर्ष नेताहरुको बैठकले सरकारमा जाने मन्त्रीहरुको नाम टुंगो लगाएको हो ।


जसमा विष्णु पौडेल, पृथ्वी सुब्बा गुरुङ, छविलाल विश्वकर्मा, योगेश भट्टराई, कृष्ण गोपाल श्रेष्ठ, जुली महतो, विद्या भट्टराई र दामोदर भण्डारीलाई मन्त्री बनाउने निर्णय भएको छ ।

भागबण्डाअनुसार आठ वटा मन्त्रालय एमालेले र ९ वटा कांग्रेसले लिने सहमति भएको छ । प्रधानमन्त्री ओलीले आज बिहान ११ बजे सपथ लिने कार्यक्रम तय भएको छ ।