एडीबीद्वारा भारतका लागि २४ करोड डलर ऋण स्वीकृत



एशियाली विकास बैंक एडीबीले घरको छानामा सौर्य प्रणाली जडान गर्ने अभियानका लागि भारतलाई २४ करोड अमेरिकी डलर ऋण दिने भएको छ ।

एडीबीले स्वीकृत गरेको उक्त ऋण भारतको स्टेट बैंक अफ इण्डिया र राष्ट्रिय कृषि तथा ग्रामीण विकास बैंकमा जम्मा गरिने भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।


सन् २०३० सम्म भारतले आफ्नो ऊर्जाको ५० प्रतिशत गैर–जैविक स्रोतबाट उत्पादन गर्ने लक्ष्य राखेको छ । एडीबीको ऋण सहयोगले भारतको यो लक्ष्य पूरा गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ ।

एडीबीबाट प्राप्त हुने ऋण प्रधानमन्त्री सूर्य घर कार्यक्रममा लगानी गरिने एएनआईले उल्लेख गरेको छ ।

एडीबीले घरका छानामा जडान गरिने सौर्य प्रणालीबाट ऊर्जा वितरणमा महत्वपूर्ण उपलब्धि हासिल हुने अपेक्षा गरेको छ ।