हामी सरकारबाट बाहिरिदैनौं, प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छौं : घनश्याम भुसाल



काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले तत्काल सरकारबाट आफ्नो पार्टी नबाहिरिने स्पष्ट पारेका छन् । पार्टीको १०औं महाधिवेशनस्थल प्रज्ञा भवनमा पत्रकारहरुसँगको संक्षिप्त कुराकानीमा उनले यस्तो बताएका हुन् ।

उनले प्रधानमन्त्री पुष्पकमल दाहाललाई दिएको समर्थन कायमै राख्ने र अब पनि प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने जानकारी दिए । एमालेले भने सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ । उसले आफ्ना मन्त्रीहरुलाई हिजो नै सामूहिक राजीनामा गराएको छ ।


सरकारमा सहभागी रास्वपाले भने तत्काल सरकारबाट नबाहिरिने निधो गरेको छ । प्रधानमन्त्री दाहालसँगको भेटपछि रास्वपाका मन्त्रीहरु राजीनामा दिनबाट पछि हटेका हुन् । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here