स्वयम्भुमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु



काठमाडौँ । काठमाडौँ महानगरपालिका–१५ स्थित स्वयम्भुमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मनाङ घर भएर स्वयम्भु बस्ने ७६ वर्षीया छिमी दोर्जे गुरुङको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

मंगलबार दिउँसो मुस्ताङ गुम्बा नजिक बा.२ ख ५३२४ नम्बरको बसले गुरुङलाई ठक्कर दिएर भागेको हो । फरार बसको खोजी भइरहेको प्रहरीले जनाएको छ ।