स्पेन युरोकपको क्वाटरफाइनलमा



काठमाडौँ । स्पेन जारी युरोकपको क्वाटरफाइनलमा पुगेको छ । गएराती सम्पन्न खेलमा स्पेनले जर्जियालाई ४-१ गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको हो ।

स्पेनको जितमा रोड्री, फाबियन रुइज, निको विलियम्स र डानी ओल्मोले एक एक गोल गरेका थिए । त्यस्तै जर्जियाका लागि एक गोल स्पेनका रोबिन ले नोरमाण्डले आत्मघाती गोल गरेका थिए ।


यो जितपछि अब स्पेन क्वाटरफाइनलमा आयोजक जर्मनीसँग खेल्ने भएको छ । यो खेल जुलाई ५ मा हुने छ ।

त्यस्तै यो हारपछि जर्जिया भने युरोकपबाट बाहिरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here