सेयर बजारमा उछाल : ६४ अङ्कले सूचक बढ्दा २१ अर्ब ८९ करोडको कारोबार



काठमाडौं। सेयर कारोबार साताको चौथो दिन बुधबार सेयर बजारमा उछाल देखिएको छ। आज नेप्से परिसूचक ६४.२५ अंकले बढेर २७६०.९० विन्दुमा पुगेको छ। सेन्सेटिभ इण्डेक्स  २.१९ प्रतिशतले बढेर ४९६.०३ विन्दुमा कायम भएको छ।

कारोबार रकमले भने नयाँ रेकर्ड कायम गरेको छ। यसदिन २१ अर्ब ९१ करोड बढीको सेयर कारोबार भएको छ । यो तीन वर्ष यताकै उच्च हो। २०७८ साल साउन ३१ गते २१ अर्ब ५३ करोड मूल्य बराबरको कारोबार भएको थियो।


अघिल्लो कारोबार दिन मंगलबार १७ अर्बको सेयर कारोबार भएको थियो।

यसदिन ३३२ स्क्रिप्सको ५ करोड ९ लाख ६७ हजार ९५१ कित्ता सेयर २१ अर्ब ९१ करोड १५ लाख ३ हजार १६१ रुपैयाँमा खरिद बिक्री भए। दोहोरो अंकले बढेको बजारमा १० कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स शीर्ष स्थानमा रह्यो। सो कम्पनीको ९४ करोड बढी मूल्यको सेयर कारोबार भएको छ।
माउन्टेन इनर्जी नेपालले ४१ करोड,शिवम् सिमेन्टको ४० करोड,नेपाल फाइनान्सले ३८ करोड र अपी पावरले ३७ करोड मूल्य बराबरको सेयर कारोबार गरे।

कारोबारमा आएका १९१ स्टकको मूल्य बढ्दा ४४ वटाको घट्यो । ७ वटा स्टकको मूल्य भने यसदिन स्थिर रह्यो। सबै समूहको उपसूचक सकारात्मक देखिएका छन्। यसदिन फाइनान्स समूहको उपसूचक भने सर्वाधिक ८.०८ प्रतिशतले बढेको छ।