सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार?



काठमाडौं । साताको तेस्रो सुनचाँदीको मूल्य स्थिर रहेको छ । सोमबार प्रतितोला १ लाख ४६ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आज पनि सोहि मूल्यमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४५ हजार ६०० रुपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ । आज चाँदीको मूल्य पनि स्थिर रहदै प्रतितोला १ हजार ७९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।