सुनको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ काराेबार ?



काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । आज सुन तोलामा रु एक सयले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुन प्रतितोला रु एक सयले वृद्धि भएको हो ।

बिहीबार प्रतितोला रु एक लाख ४४ हजार तीन सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु एक लाख ४४ हजार चार सय निर्धारण भएको छ । तेजाबी सुन बिहीबार प्रतितोला रु एक लाख ४३ हजार छ सयमा कारोबार भएकामा आजका लागि रु एक लाख ४३ हजार सात सय निर्धारण भएको छ ।


चाँदीको मूल्य बिहीबार प्रतितोला रु एक हजार आठ सय ६५ मा कारोबार भएकामा आजका लागि भने रु एक हजार आठ सय ७० निर्धारण भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here