सुदूरपश्चिम मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेबसाइट ह्याक



सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेबसाइट आज ह्याक भएको छ । 

कार्यालयका सूचना अधिकारी जगदीशप्रसाद जोशीले वेबसाइट ह्याक भएको जानकारी पाउना साथ काठमाडौँस्थित सूचना प्रविधि विभागमा खबर गरेर साइट ‘रिकभर’ गर्ने प्रयास गरिएको बताए ।


‘कार्यालयको वेबसाइट खोल्दा क्याप्टन स्मोकर थ्रीआर भन्ने कुकिजले ह्याक गरेको देखाउँछ,’ जोशीले भने, ‘बिहानदेखि कार्यालयको वेबसाइट बन्द हुँदा सूचना राख्ने र हेर्नेलगायत काममा बाधा पुगेको छ, साँझसम्म रिकभर हुन सकेको छैन ।’

वेबसाइटको ‘सेक्युरिटी लक’ को व्यवस्था नगर्दा ह्याकरलाई वेबसाइट ह्याक गर्न सहज हुने प्रविधि क्षेत्रका जानकारहरू बताउँछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here