सहकारी समस्या र समाधानका उपाय खोज्न राष्ट्रिय दलहरूलाई पत्राचार गर्ने समितिको निर्णय



काठमाडौं । सहकारीको रकम अपचलनसम्बन्धी छानबिन गर्न बनेको संसदीय विशेष समितिले राष्ट्रिय राजनीतिक मान्यता प्राप्त दलहरूलाई समस्याको बुझाई र समाधानको उपाय लिखित रुपमा उपलब्ध गराउन पत्राचार गर्ने भएको छ । मंगलबार बसेको समितिको आठौँ बैठकले यस्तो निर्णय गरेको समितिका संयोजक सूर्य थापाले जानकारी दिएका छन् ।

मंगलबारको बैठकमा समितिले राष्ट्रिय सहकारी महासंघ ओमदेवी मल्ल, सिईओ चित्राकुमारी थाम्सुहाहाङ, पूर्वअध्यक्ष मिनराज कँडेल, राष्ट्रिय सहकारी बैंक अध्यक्ष केबी उप्रेती र सिईओ बद्री गुरागाईलगायत नेफस्कुन लगायतका संस्थाका पदाधिकारीसँग छलफल गरेको थियो ।


यसअघि समितिले गोरखा मिडियासँग जोडिएका नौ वटा सहकारीको विवरण माग गर्ने निर्णय गरेको थियो । गत जेठ १५ गते सहकारीको अनियमितता छानबिन गर्न संसदीय समिति गठन भएको थियो । सात सदस्यीय समितिलाई तीन महिनाको समय दिइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here