सरकार फेरिने हल्लाबारे के भन्छन् रवि लामिछाने ?



काठमाडौं । सत्ताको प्रमुख घटक दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले वर्तमान सत्ता गठबन्धन भत्किने हल्लामात्र भएको दाबी गरेका छन् ।

सोमबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै लामिछानेले सरकार फेरिने हल्लामात्र भएको र यसमा कुनै सत्यता नरहेको दाबी गरेका छन् ।


उनले भने, ‘हल्ला मात्रै हो। त्यस्तो थाहा छैन। म पनि सरकारमै छु। सरकार गठबन्धनको एउटा पार्टनर नै हुँ। त्यस्तो केही पनि छैन। मेरो भर्खरै दुईजना नेतासँग कुरा पनि भयो। कहिलेकाहीँ विभिन्न प्रक्रियाहरुमा केही असमझदारी हुँदाखेरी भेटघाट गर्ने कुरा भइरहन्छ। सामान्य भेटघाट नै हो। यसलाई कुनै त्यस्तो गम्भीरतापूर्वक लिनुपर्ने केही पनि छैन।’

कांग्रेस र एमालेबीच संविधान संशोधनलगायत एजेन्डमा सहमति गरेर नयाँ सरकार बनाउने गृहकार्य चलिरहेको छ । यता आफ्नो सत्ता जोगाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि कोशिश गरिरहेका छन् । 

गृहमन्त्री लामिछानेले शीर्ष नेताहरूबीचको भेटघाट समान्य भेटघाटको रूपमा रहेको भन्दै त्यसलाई गम्भीरतापूर्वक लिनु नपर्ने बताए । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here