सरकारलाई दिएको समर्थन फिर्ता लिने एमालेकाे निर्णय



काठमाडौँ । नेकपा एमालेले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । एमालेले बुधबार सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो ।

मंगलबार बसेको सचिवालय बैठकले बुधबारसम्म राजीनामा दिन प्रधानमन्त्रीलाई आग्रह गरेको थियो । तर प्रधानमन्त्रीले राजीनामा नदिएपछि एमालेले समर्थन फिर्ता लिएको हो ।


एमाले प्रमुख सचेतक महेश बर्तौलाले एमाले सरकारमा सहभागी मन्त्रीहरुले आजै प्रधानमन्त्री दाहालसमक्ष राजीनामा पत्र बुझाउने जानकारी दिए । एमालेबाट सरकारमा आठ जना मन्त्री सहभागी छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here