सदनमा मन्त्रीहरुको खडेरी पर्न थाल्यो: सांसद खतिवडा



काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सरकारले सदनलाई बेवास्ता गरेको बताएका छन् । सोमबार बसेको प्रतिनिधि सभा बैठकमा बाल्दै सांसद खतिवडाले मन्त्रीको बेवास्ताका कारण सदनमा खडेरी परेको बताएका छन् ।

उनले भने, ‘हामीलाई प्रतिनिधि सभाको सम्भावित कार्य तालिका भनेर उपलब्ध गराएकोमा आजको कार्यसूचीमा शून्य समय पश्चात्, शून्य समय र विशेष समयमा उठेका प्रश्नको जवाफ भनेर लेखिएको छ। तर, अगाडिको रोमा हेर्दा मन्त्रीको खडेरी लागेको छ। काहीँ औषधि उपचार गर्न जानुभएको छ कि कतै जानुभएको थाहा छैन। शीर्ष नेताहरू पनि अगाडिको बेन्चमा अनुपस्थित हुनुहुन्छ। कार्य तालिका अनुसार सदन पनि प्रवेश गरेन, यसमा जानकारी चाहियो।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here