संविधान संशोधन गर्ने नयाँ गठबन्धनको एजेण्डा राप्रपाद्धारा स्वागत



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को पदाधिकारी बैठक सकिएको छ । पदाधिकारी बैठकले संविधान संशोधनको पक्षमा पार्टी उभिने निर्णय गरेको छ ।

बैठकपश्चात् जानकारी दिँदै पार्टी प्रवक्ता ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले राप्रपा संविधानको पक्षमा रहेको बताए । उनले सरकारमा सहभागिताको विषय भने परिस्थितिअनुसार निर्णय हुने जानकारी दिए ।


प्रवक्ताशाहीले भने, ‘परिवेश परिस्थिति मूल्यांकन गरेर संविधान संशोधनको पक्षमा उभिन्छ ।’

राप्रपाले फेरिएको राजनीतिक समीकरणबारे पार्टी बैठकमा छलफल गरेको हो।

संविधान संशोधनको एजेण्डा अघि सार्दै सोमबार राति कांग्रेस र एमालेबीच सत्ता सहकार्यको समझदारी बनेको थियो। सो समझदारी अनुसार राप्रपाले आफ्नो धारणा सार्वजनिक गरेको हो। 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here