संविधान संशोधनका लागि कांग्रेस र एमाले मिलेर सरकार निर्माण गर्ने सहमति गर्नु स्वागतयोग्यः राप्रपा



काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ सरकार बनाउने सहमतिलाई सकारात्मक भनेको छ ।

दुई दलबीचको सहमतिपछि बदलिएको परिस्थितिबारे छलफल गर्न मंगलबार बसेको पदाधिकारी बैठक बैठकले संविधान संशोधनका लागि मुख्य दल र दोस्रो दल मिलेर सरकार निर्माण गर्ने सहमति हुनु प्रारम्भिक रूपमा स्वागतयोग्य भएको निष्कर्ष निकालेको हो ।


अध्यक्ष राजेन्द्र लिङ्देनले संविधान संशोधनका लागि मुख्य दल र दोस्रो दल मिलेर सरकार निर्माण गर्ने सहमति हुनु स्वागतयोग्य भएको बताए ।

उनले भने, ‘नेपाली कांग्रेस र एमालेले नयाँ सहमति बनाएको समाचार आइरहेको छ । त्यो सहमतिको मूल प्वाइन्ट भनेको संविधान संशोधन रहेको छ, संविधान संशोधनका लागि मुख्य दल र दोस्रो दल मिलेर सरकार निर्माण गर्ने सहमति हुनु प्रारम्भिक रूपमा स्वागतयोग्य हो ।’

उनले दुई दलबीचको सहमतिले ठोस आकार ग्रहण गरेपछि मात्र आफूहरूले यस विषयमा धारणा बनाउने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here