संक्रमणकालीन न्यायका विषयमा सहमति जुटाउन कार्यदलले थाल्यो छलफल



काठमाडौं । संक्रमणकालीन न्यायसँग सम्बन्धित (टीआरसी)विधेयकमा सहमति जुटाउन गठित कार्यदलले छलफल थालेको छ ।

बुधबार बसेको कार्यदलको बैठकले चार मुख्य विषयमा सहमति जुटाउन छलफल थालेको हो । पीडितलाई न्यायको अनुभूति हुने गरी टीआरसी विधेयकमा देखिएका विवादका विषयमा सहमति जुटाउने गरी छलफल थालिएको कार्यदलका सदस्य महेश बर्तौलाले जानकारी दिए ।


खासगरी हत्या, बालसेना र पीडित सुरक्षाकर्मीको माग, पीडितले न्यायको खोजीमा फेरि अदालत जान पाउने वा नपाउने, कम सजायको माग दाबी लगायतका विषयमा छलफल केन्द्रित रहेको छ । दलहरुबीच विधेयकलाई छिटो टुंग्याएर चालु अधिवेशनमा विधेयक पारित गर्ने गरी अघि बढ्ने सहमति भएको छ ।

प्रमुख तीन दल एमाले, कांग्रेस र माओवादी केन्द्रबीच विधेयकमा देखिएको विवाद समाधान गर्नका लागि एमालेबाट बर्तौला, कांग्रेसबाट प्रमुख सचेतक रमेश लेखक र नेकपा (माओवादी केन्द्र) बाट जनार्दन शर्मा सदस्य रहेको कार्यदल गठन गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here