वैदेशिक रोजगार न्यायाधिकरणको सदस्यमा सहन्यायाधिवक्ता रामकुमार थापा



काठमाडौं । सरकारले वैदेशिक रोजगार न्यायाधिकरणको सदस्यमा सहन्यायाधिवक्ता रामकुमार थापालाई तोक्ने निर्णय गरेको छ ।

गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रस्तावमा वैदेशिक रोजगार न्यायाधिकरणको सदस्यमा सहन्यायाधिवक्ता रामकुमार थापालाई तोक्ने निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । उनले भनिन्,’बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रस्तावमा वैदेशिक रोजगार न्यायाधिकरणको सदस्यमा सहन्यायाधिवक्ता रामकुमार थापालाई तोक्ने निर्णय गरेको छ ।’


बैठकले धितो पत्र सम्बन्धि ऐन,२०६३ लाई संसोधन गर्न बनेको विधेयक संसदमा पेस गर्न स्वीकृति दिने निर्णय गरेको पनि जानकारी दिइन् ।

त्यस्तै राष्ट्रिय सहकारी विकास बोर्डको सह अध्यक्ष, सदस्य तथा सदस्य–सचिव नियुक्ति तथा मनोनयनसम्बन्धी निर्देशिका स्वीकृत गर्ने पनि बैठकले निर्णय गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here