विमान दुर्घटनामा ज्यान गुमाउने प्रति निगमको श्रद्धाञ्जली



काठमाडौँ । नेपाल वायुसेवा निगमले बुधबार काठमाडौँ-पोखरा उडानका क्रममा दुर्घटना भएको सौर्य एयरलाइन्समा परी मृतक हुने १८ जानाप्रति श्रद्धान्जली प्रकट गरेको छ । निगमले आज प्रेस विज्ञप्ति जारी गर्दै मृतकप्रति श्रद्धान्जली र मृतकको आफन्तप्रति समवेदना प्रकट गरेको हो ।

विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल धावनमार्गबाट उडान भर्ने बित्तिकै दुर्घटनाग्रस्त भई उक्त जहाजमा सवारमध्ये १८ जना मृत्यु र एक जना घाइते भएका थिए । निगमले घाइते रहेका चालक दलका सदस्यको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।


बुधबार विहान काठमाडौँबाट पोखरा उडानको क्रममा सौर्य एयरलाइन्सको नाईन एए–एएमइ कलसाइन रहेको चालकदलसहित १९ जना सवार विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग-२ बाट टेकअफ गर्ने बित्तिकै दाँयातर्फ दुर्घटनामा परेको थियो । दुर्घटनामा परी १८ जनाले ज्यान गुमाइसकेका छन् भने घाइते पाइटलको उपचार भइरहेको छ ।