लुम्बिनी प्रदेश : ठगी र कर्तव्य ज्यान मुद्दाका अभियुक्त बदशाह बने मन्त्री



काठमाडौं । नेपाली कांग्रेसका नेता एवं लुम्बिनी प्रदेश सभा सदस्य बादशाह कुर्मी मन्त्री नियुक्त भएका छन् । आज (बुधबार) प्रदेशका मुख्यमन्त्री मुख्यमन्त्री चेतनारायण आचार्यले कुर्मीलाई विनाविभागीय मन्त्रीमा नियुक्त गरेका हुन् । मन्त्री नियुक्त भएका बदशाह ठगी र कर्तव्य ज्यान मुद्दाको अभियुक्त रहेको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेले बताएअनुसार उनीविरुद्ध कर्तव्य ज्यान मुद्दा र ठगीमा अनुसन्धान चलिरहेको छ । मन्त्री बादशाहविरुद्ध निर्मलादेवी कुर्मीको अपहरण र बेपत्ता पार्ने कार्यमा संलग्न रहेको आरोप छ । ‘उहाँविरुद्ध ठगी र कर्तव्य ज्यान मुद्दा छ । अहिले अनुसन्धानकै क्रममा छ,’– जिल्ला प्रहरी कार्यालय बाँकेले भन्यो ।


बादशाहकै संलग्नतामा २०७५ सालमा निर्मलालाई अपहरण गरी बेपत्ता पारिएको पारिवारिक स्रोतको दाबी छ । प्रहरी अनुसन्धानबाट पनि बादशाहको संलग्नता खुल्ने प्रमाणहरु फेला परेको बताइएको छ । एकल महिला रहेकी निर्मलाको सम्पत्ती हत्याउन बादशाहको संलग्नतामा उनलाई अपहरण गरी बेपत्ता पारिएको बताइएको छ । ठगी र कर्तव्य ज्यान मुद्दाका अभियुक्त कुर्मीेले राजनीतिक आडमा संरक्षण पाइरहेका छन् ।