लुम्बिनीका मुख्यमन्त्री महराले दिए राजीनामा



लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले राजीनामा दिेन घोषणा गरेका छन् । आज बसेको प्रदेश सभाको बैठकलाई सम्बोधन गर्दै महराले पदबाट राजीनामा दिने घोषणा गरेका हुन् ।

एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री महराले आज विश्वासको मत लिने कार्यसूची थियो । तर विश्वासको मत नपुग्ने निश्चित भएपछि उनले प्रदेश सभालाई सम्बोधन गर्दै पदबाट राजीनामा दिएका हुन् ।


प्रदेश सभाबाट आफूले गरेका कामकाे रेकर्ड गराउन बैठक राख्न आग्रह गरेकाे र विश्वासकाे मत लिने प्रस्ताव दर्ता गरेकाे बताउँदै नयाँ सरकार बनाउन दुई दलकाे स्पष्ट बहुमत रहेकाले मार्ग प्रशस्त गर्न चाहेकाे मुख्यमन्त्री महराले बताए । माओवादी केन्द्रले प्रदेश सभामा सशक्त र रचनात्मक प्रतिपक्षकाे भूमिका निर्वाह गर्ने उनले बताए ।

बागमतीमा अब कांग्रेस-एमाले गठबन्धन सरकार बन्नेछ । एमालेबाट लिला गिरी मुख्यमन्त्री बन्दै छन् । सरकार गठनका लागि दाबी पेश गर्न कांग्रेस र एमालेका सांसदको हस्ताक्षर संकलन गरिएको छ ।

८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा एमालेका २९ र कांग्रेसका २७ सांसद भएकाले दुई दल मिल्दा स्पष्ट बहुमत पुग्छ ।