लाओसको दिगो कृषिलाई बढावा दिने योजना



लाओसले कृषि उत्पादनको गुणस्तर सुधार गर्ने र कृषि उत्पादन मोडेलहरू विकास गर्ने लक्ष्य राख्दै १० उत्तरी प्रान्तमा हरित र दिगो कृषि प्रदर्शन परियोजना सञ्चालन गर्ने भएको छ ।

कृषि अधिकारीहरूले बिरुवाको बीउको उत्पादन, नयाँ र आधुनिक खेती विधिहरूको परिचय र प्रयोगको आयोजना गर्ने लाओसको कृषि तथा वन मन्त्रालयको रिपोर्टमा उल्लेख गरेको छ ।


यो परियोजनाले लाओसको आर्थिक र सामाजिक विकासलाई बढावा दिने र परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण गरेर दिगो कृषि अभ्यासहरूलाई प्रवर्द्धन गर्नेछ ।