लगानी सहजीकरण विधेयक प्रतिनिधिसभामा टेबुल



काठमाडौँ । प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा राष्ट्रियसभाबाट पारित भई सन्देशसहित प्राप्त ‘लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ टेबुल भएको छ ।

सङ्घीय संसद् सचिवालयका सचिव सुरेश अधिकारीले प्रतिनिधिसभामा उत्पति भई पारित भएको उक्त विधेयकलाई राष्ट्रियसभाको सन्देशसहित टेबुल गरेका हुन् । राष्ट्रियसभाबाट उक्त विधेयक आजै पारित भएको थियो ।


दुवै सदनबाट पारित उक्त विधेयक अब राष्ट्रपतिबाट प्रमाणीकरणपछि लागु हुनेछ । प्रतिनिधिसभाको अर्को बैठक यही असार २४ गते सोमबार बिहान ११ बजे बस्नेछ ।