रास्वपा केन्द्रीय समिति बैठक जारी, महामन्त्रीको प्रतिवेदनमाथि छलफल



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा) को केन्द्रीय कमिटी बैठक बसिरहेको छ ।

पार्टी केन्द्रीय कार्यलय, चःमति, वनस्थलीमा जारी बैठकमा महामन्त्री डा. मुकुल ढकालले सभापति रवि लामिछानेलाई बुझाएको समीक्षा प्रतिवेदनमाथि छलफल भइरहेको बताइएकाे छ ।


महामन्त्री ढकालले पार्टीको गतिविधिबारे देशका ३८ जिल्ला घुमेर ३२ पृष्ठको समीक्षा प्रतिवेदन तयार पारेका थिए ।

उनले उक्त प्रतिवेदनमा पार्टीको जनाधार खस्कँदै गएको र यही अवस्था कायम रहे आगामी निर्वाचन २०८४ मा राष्ट्रिय पार्टी बन्न मुस्किल हुने निष्कर्ष उल्लेख गरेका छन् ।

यस्तै, बैठकमा मुलुकको पछिल्लो विकसित राजनीतिक घटनाक्रमका बारेमा पनि छलफल भइरहेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here