रास्वपालाई योगेशको प्रश्नः प्रधानमन्त्रीले प्वाल पारेको डुङ्गामा बसेर कता जाँदै हुनुहुन्छ ?



काठमाडौं । नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभा सदस्य योगेश भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्वाल पारेको डुङ्गामा रास्वपाले यात्रा गरिरहेको टिप्पणी गरेका छन् ।

आज (आइतबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले अल्पमतमा परेको प्रचण्ड सरकारमा रास्वपा बसिरहेको भन्दै यस्तो टिप्पणी गरेका हुन् ।


‘प्रधानमन्त्रीजीले प्वाल पारिसकेको डुङ्गामा तपाईँ बसिरहनु भएको छ भने तपाईँ कता जाँदैहुनुहुन्छ ? एक पटक सोच्नुहोला,’– उनले भने ।

उनले शान्ति प्रक्रियालाई तार्किक निश्कर्षमा पुर्याउन, मुलुकका समस्या समाधान गर्न, संविधान संशोधनका लागि सहमति निर्माण गर्न एमाले–कांग्रेसको सरकार बन्न लागेको बताए । नेता भट्टराईले माओवादी केन्द्रलाई पनि एमाले अध्यक्ष केपी शर्मा ओलीको सरकारमा सहभागी हुन आग्रह गरेका छन् ।