रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै



काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि केन्द्रीय कार्यालय बनस्थलीमा बस्ने गरी बोलाइएको छ।

बैठकमा संगठनको आन्तरिक रणनीति, आगामी कार्यक्रम र कार्यदिशा तथा दलको अधिवेशनको तयारीबारे छलफल हुने बताइएको छ।