रास्वपाका मन्त्रीहरूले आज राजीनामा दिने



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का चार मन्त्रीले आज राजीनामा दिँदै छन्। स्रोतका अनुसार उनीहरुले अहिले बिहान ८ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर राजीनामा बुझाउन लागेका हुन् ।

यसअघि बुधबार नेकपा (एमाले)ले सरकारलाई दिएको समर्थन फिर्ता लिँदैै मन्त्रीहरु सामूहिक राजीनामा बुझाएसँगै प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा परेपछि रास्वपाका मन्त्रीहरुले पनि सरकार छाड्न लागेका हुन्। एमाले–माओवादी केन्द्रसँगको सत्ता समीकरण तोडेर नेपाली कांग्रेससँग गठबन्धन गरेपछि सरकार अल्पमतमा परेको हो ।


माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारमा रास्वपाका सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री, उपसभापति डोलप्रसाद अर्याल श्रम तथा रोजगार मन्त्री, सुमना श्रेष्ठ शिक्षा मन्त्री र विराजभक्त श्रेष्ठ युवा तथा खेलकुद मन्त्री छन्।

यसअघि बुधबार उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठको नेतृत्वमा सरकारमा सहभागी एमालेका ८ जना मन्त्रीहरुले राजीनामा बुझाएका थिए ।

उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, कृषिमन्त्री ज्वालाकुमारी साह, भूमि व्यवस्था तथा गरिबी निवारणमन्त्री बलराम अधिकारी, उद्योगमन्त्री दामोदर भण्डारी, महिलामन्त्री भगवती चौधरी, खानेपानी मन्त्री राजेन्द्र राई र रक्षामन्त्री हरिप्रसाद उप्रेतीले राजीनामा दिएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here