राष्ट्र बैंकले अबदेखि तलब तथा ज्यालादर सूचकांक प्रकाशन गर्ने



काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षदेखि तलब तथा ज्यालादर सूचकांक प्रकाशन गर्ने भएको छ । गभर्नर महाप्रसाद अधिकारीले आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै २०८१/८२ देखि तलब तथा ज्यालादर सूचकांक प्रकाशन गर्ने बताएका हुन् ।

उनका अनुसार यसका लागि आर्थिक वर्ष २०८०/८१ लाई आधार मानिनेछ । यस्तै चालू वर्षमा उपभोक्ता मूल्य सूचकांकसमेत प्रकाशन गरिनेछ । यसका लागि समेत गत वर्षलाई आधार मानिने गर्भनर अधिकारीको भनाई छ ।