राष्ट्रियसभाबाट आगामी आर्थिक वर्षको बजेट पारित



काठमाडौं । राष्ट्रियसभाबाट पनि आगामी आर्थिक वर्षको बजेट पारित भएको छ । शुक्रबार बसेको बैठकमा अर्थमन्त्री वर्षमान पुनले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजना विधेयक पारित गरियोस् भनी राखेको प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो ।

सभामा अध्यक्ष नारायणप्रसाद दाहालले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक २०८१ पारित गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको घोषणा गरे ।


सरकारले गत जेठ १५ मा ल्याएको आगामी आर्थिक वर्षको बजेट प्रतिनिधिसभाले यसअघि नै पारित गरिसकेको छ ।

बजेट पारित भएपनि सत्ता गठबन्धनमा भएको फेरबदलका कारण ये बजेट ल्याउने सरकार विस्थापित भई नयाँ सरकार बन्ने प्रक्रिया सुरु भएकाले बजेट कसरी कार्यान्वयनमा जान्छ भन्ने चासोको विषय बनेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here